तीन वर्षदेखि संसदमा अड्किएको काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण विधेयक अन्तिम समयमा आएर फेरि रोकिएको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राईले बुधबारको प्रतिनिधिसभा बैठकमा पेस गरेको संशोधन बुँदा विधेयकको अंग बनोस् भनी सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ पेस गरेका थिए । तर, गणपूरक संख्या नपुगेपछि विधेयक पास हुन सकेन ।
सभामुखले निणयार्थ पेस गर्दा नेमकिपा सांसद प्रेम सुवालले बैठकमा गणकपूरक संख्या नभएको भन्दै यकिन गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए । त्यसपछि सभामुखले गणना गराउँदा जम्मा ६० सांसद थिए ।
बैठकमा कम्तीमा ६९ सांसद आवश्यक पर्थ्यो । त्यसपछि सभामुखले तीन मिनेट घण्टी बजाएर सांसदको संख्या गणना गर्न लगाएका थिए । तर, त्यसपछि पनि आवश्यक गणपूरक संख्या भएन । जम्मा ६६ सांसद मात्र उपस्थित रहेको पाइएपछि सभामुख सापकोटाले काठमाडौं उपत्यका यातायात प्राधिकरण विधेयक पारित गर्नेलगायत बाँकी कार्यक्रम सूचीबाट हटाए ।
अब प्रतिनिधिसभाको अर्काे बैठक २९ साउन बिहान ११ बजे बस्नेछ ।
प्रतिनिधिसभाले बुधबार नै शपथसम्बन्धी विधेयक र तथ्यांक विधेयक पारित गरेको थियो ।
सांसदले सदन ‘बंक’ गर्दा कानुन बनाउन लगातार बाधा
सुझावित समाचार
विपत् न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्न एआइजी मगरको निर्देशन
झापा -सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआइजी) गणेशबहादुर ठाडामगरले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई उच्च प्राथ…
मलेसिया जाने कामदारलाई स्वास्थ्य परीक्षणमा ठगी, कैलाश खड्कासहित चारजना पक्राउ
काठमाडौं- मलेसिया रोजगारीमा जाने कामदारलाई सिन्डिकेट कायम गरी ठगी गर्ने व्यवसायी कैलाश खड्कासहित चारजनालाई प्रहरीले पक्राउ गर…
भारत भ्रमणबाट फर्किए गृहमन्त्री गुरुङ
काठमाडौं/ गृहमन्त्री सुधन गुरुङ भारत भ्रमणबाट फर्किएका छन्। बिमस्टेकका गृहमन्त्रीहरूको बैठकमा भाग लिन उनी सोमबार नयाँ दिल्ली गएक…
१२ वर्ष अवधि पुगेका न्यायाधीशलाई अवकाशअघि स्वतः एक तह बढुवाको प्रस्ताव
काठमाडौं/ जिल्ला र उच्च अदालतमा १२ वर्ष अवधि पुगी अवकाशमा जान लागेका न्यायाधीशलाई स्वतः एक तह बढुवा दिएर मात्र अवकाश दिनेबारे…
मादकपदार्थ सेवन गरी सवारी चलाउने नौचालक पक्राउ
काठमाडौं/ मादक पदार्थ तथा लागुऔषध सेवन गरी सवारी चलाउने नौचालक पक्राउ परेका छन् । २५ असोजदेखि २७ असोजसम्म उपत्यका…
भूमिसम्बन्धी अध्यादेशः सुकमवासीलाई जग्गा वितरणको कानुनी अड्चन हट्यो
काठमाडौं/ राष्ट्रपति रामचन्द्र पौडेलले भूमिसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारले गत साता यससम्बन्धी अध्यादेश राष्ट्रपति कार्…