एजुकेसन कर्नर : होटेल म्यानेजमेन्ट र ट्राभल टुरिजमका लागि आइएसटी

बुधबार, २५ साउन, २०७९
डिजिटल संस्करण

 काठमाडौंको ज्ञानेश्वरमा रहेको आइएसटी सेकेन्डरी स्कुलले होटेल म्यानेजमेन्ट र ट्राभल टुरिजममा प्लस टूका कक्षाहरू सञ्चालन गरिरहेको छ । स्कुलले उत्कृष्ट सीप, ज्ञान र दक्षता भएका प्राध्यापकहरूबाट विद्यार्थीलाई सम्बन्धित विषयमा दक्ष र सफल बनाउने उद्देश्यका साथ कक्षाहरू सञ्चालन गर्ने गरेको छ । 

यस स्कुलमा आफ्नै प्राक्टिकल कक्षाका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारहरू जस्तै डेमो किचेन, डेमो रेस्टुरेन्ट, डेमो बार, डेमो मक–अप रुम, बारिस्ता, बेकरी, फ्रन्ट अफिसका साथै सम्पूर्ण सुविधाले सुसज्जित रहेको जनाइएको छ । यो स्कुलले नेपाल सरकारको १२ कक्षा पूरा गर्दा विभिन्न तारे होटेलमा इन्टर्नसिप तथा अस्ट्रियाको टुरिजम स्कुल साल्ज्वर्गबाट अतिरिक्त भोकेसनल प्रमाणपत्रसमेत प्रदान गर्दै आएको जनाएको छ । जसबाट १२ कक्षा पास गरिसकेका विद्यार्थीले होटेलमा गएर इन्ट्री लेभलका कर्मचारीका रूपमा काम गर्न सक्षम हुने स्कुलको दाबी छ । 

यो स्कुल उच्चकोटीको भौतिक पूर्वाधार तथा अन्तर्राट्रियस्तरको प्रशिक्षण पद्धति, योग्य तथा अनुभवी प्राध्यापक, इन्टर्नसिप, मध्यमस्तरको शुल्कका कारण विद्यार्थी तथा अभिभावकको पहिलो रोजाइमा पर्ने दाबी गरिएको छ । 

सुझावित समाचार