काठमाडौं उपत्यकामा भारी वर्षा

मंगलबार, २४ साउन, २०७९
डिजिटल संस्करण
काठमाडौं उपत्यकामा भारी वर्षा

राजधानीमा राति परेकाे झरी ।

काठमाडौं उपत्यकाका अधिकांश क्षेत्रमा अहिले भारी वर्षा भइरहेको छ ।
त्यसमा पनि काठमाडौंको धाप र सुन्दरीजल तथा भक्तपुरको नगरकोट क्षेत्रमा भारी वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

सबैभन्दा बढी नगरकोट क्षेत्रमा वर्षा भइरहेको छ । त्यहाँ पछिल्लो एक घन्टामा ४४.४ मिलिमिटर वर्षा मापन भएको छ । धाप क्षेत्रमा २७ मिलिमिटर र सुन्दरीजल क्षेत्रमा २५ मिलिमिटर वर्षा भएको छ ।

वर्षाका कारण हनुमन्ते, मनोहरा र बागमतीको बहाव बढ्ने चेतावनी बाढी पूर्वानुमान महाशाखाले दिएको छ । त्यहाँका तटीय क्षेत्रमा बुधबार बिहानसम्म सतर्कता अपनाउन भनिएको छ ।
 

सुझावित समाचार