केन्यासँग खेलिने टी–२० र एकदिवसीय शृंखलाका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ । वैकल्पिक ४ सहित क्यानले २० खेलाडी रहेको टिम घोषणा गरेको हो ।
नेपाली राष्ट्रिय टिमका लागि मुख्य प्रशिक्षक चयन गरेको भोलिपल्ट क्यानले केन्या भ्रमण गर्ने टिमको टुंगो लगाएको हो । नेपालले केन्यामा ९ देखि १३ भदौसम्म टी–२० अन्तर्राष्ट्रिय तथा १७, १८ र २० भदौमा एकदिवसीय शृंखला खेल्नेछ ।
टिममा पूर्वकप्तान ज्ञानेन्द्र मल्लको पुरागमन भएको छ । युएईसँगको शृंखलापछि ज्ञानेन्द्र टिममा परेका थिएनन् ।
विकेटकिपर अर्जुन साउदले पहिलोपटक राष्ट्रिय टिममा मौका पाएका छन् । नेपाली यू–१९ राष्ट्रिय टिमका विकेटकिपर साउदले ब्याटिङमा पनि योगदान गर्न सक्छन् । उनी विनोद भण्डारीको स्थानमा परेका हुन् ।
यू–१९ उमेर समूहमा एसियाकप खेलेका शाह आलम र विवेक यादवले पनि टिममा मौका पाएका छन् । टिममा नियमित ओपनिङ ब्याटर कुशल भुर्तेल परेका छैनन् ।
टोलीमा कप्तान सन्दीप लामिछाने, उपकप्तान रोहित पौडेल, आसिफ शेख, आरिफ शेख, आदिल आलम, दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ, देव खनाल, सोमपाल कामी, करण केसी, ज्ञानेन्द्र मल्ल, बसिर अहमद, अर्जुन साउद, साहब आलम, किशोर महतो र विवेक यादव छन् ।
यस्तै, वैकल्पिक खेलाडीमा प्रतिश जिसी, हरिशंकर साह, जितेन्द्र मुखिया र भीम सार्की छन् ।
सन्दीपको कप्तानीमा राष्ट्रिय टिम घोषणा, ज्ञानेन्द्र भित्रिए, कुशल बाहिरिए
पाकिस्तानका कप्तान फर्हान नेपाल आइपुगे
१ हप्ता अघि
सुझावित समाचार
पाकिस्तानी इफ्तिखार र हुनेन फर्किए घर
इफ्तिखार र हुनेनले घर फर्किँदै भने– नेपाल, हामीलाई आतिथ्य प्रदान गर्नुभएकोमा धेरै धन्यवाद ! काठमाडाैं- ते…
सोमपालले पुरस्कार रकम जनावरको संरक्षणसँग बाँड्ने
काठमाडाैं- तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत विराटनगर किंग्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका कर्णाली याक्सका कप्तान सोमपाल क…
पाँचमध्ये तीन अर्धशतक स्वदेशी खेलाडीका नाममा
६ खेल सकिँदा विराटनगरका लोकेश बम, सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरी, जनकपुरका मोइन अली, चितवनका डेभिड मालान र कर्णालीका सो…
वर्षाले शनिबारको खेल हुने सम्भावना कम
काठमाडाैं- तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत शनिबार हुने दुवै खेल प्रभावित हुने सम्भावना छ । मौसमविद्ले शनिबार पनि सा…
त्रियुगा गोल्डकपको अफिसियल चेयर पार्टनर बन्यो भी–बोन
काठमाडौं। नेपाली बजारमा गुणस्तरीय अफिस कुर्सी उत्पादन तथा बजारीकरण गर्दै आएको भी–बोन (V-BON) ब्रान्ड ‘पूर्वको…
लगातारकाे वर्षाले संखुवासभा गाेल्डकप १६ कात्तिकदेखि हुने
संखुवासभा। लगातार परेकाे वर्षाले संखुवासभा गाेल्डकप फुटबल प्रतियोगिता प्रभावित बनेकाे छ । संखुवासभाकाे खाँदबारी नगर…