सरकारी जग्गामा निर्माण गरिएका संरचना भत्काउन नर्भिक अस्पताल तयार भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र नर्भिक अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहबीच नर्भिक अस्पतालमा भएको छलफलपछि नर्भिक संरचना हटाउन तयार भएको हो ।
महानगरपालिकाले तोकेको २४ घण्टाभित्र संरचना हटाउन नसकिने भन्दै नर्भिकले आजै पत्रकार सम्मेलन गरेर आफूहरूले सरकारसँग भएको सम्झौताविपरीत कुनै संरचना नबनाएको दाबी गरेको थियो ।
तर, नर्भिकको दाबी आएको केही समयपछि महानगर प्रमुख शाह आज पुनः नर्भिक अस्पताल पुगेका थिए । उनले अस्पतालका अध्यक्ष सिंहलाई नक्सा नबनाई संरचना बनाउन नपाइने भन्दै हटाउन पुनः आग्रह गरे ।
सिंहले निर्माण भइसकेका संरचनाहरूको नक्सा पास गराउन आफू तयार रहेको बताएका थिए । तर, शाहले नक्सा पास नभई गैरकानुनी रूपमा बनाइएका संरचना भत्काउनैपर्ने अडान लिएपछि नर्भिकले समय मागेको हो ।
त्यसपछि दुवै पक्षका इन्जिनियर राखेर त्यहाँ रहेका अक्सिजन प्लान्ट हटाउन लाग्ने समय निर्क्यौल गर्ने र महानगरले त्यति समय प्रदान गर्ने समझदारी भएको छ ।
शाहले हिजो आफैँ नर्भिक अस्पताल पुगेर २४ घन्टे अल्टिमेटमसहितको सूचना अस्पतालमा टाँस गराएका थिए । अल्टिमेटम आज दुई बजेसम्मका लागि थियो । अल्टिमेटम सकिएलगत्तै उनी नर्भिक पुगेका थिए ।
बालेनको अडानले पछि हट्यो नर्भिक, संरचना भत्काउन तयार, महानगरले थप समय दिने
चार सहसचिव सचिवमा बढुवा
३ हप्ता अघि
सुझावित समाचार
सवारी दर्ता तथा नामसारीका लागि सवारीधनी यातायात कार्यालयमा उपस्थित हुन नपर्ने
काठमाडौं/ नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० का …
अनुचित दबाबमा नपरी काम गर्न प्रहरीलाई प्रधानमन्त्री शाहको निर्देशन
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले अनुचित दबाबमा नपरी काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्। प्रहरी निरीक्षकको आधारभूत तालिम…
इन्साइट टेक्नोलोजीलाई साइबर सेक्युरिटी अवार्ड
ललितपुर । नेपाली साइबर सुरक्षा कम्पनी इन्साइट टेक्नोलोजी प्रा.लि. अन्तर्राष्ट्रिय पुरस्कार ‘एआई इन साइबर सेक्युरिटी अवा…
आइतबार १० बजेसम्मका १० समाचार
बुढीगण्डकी बाढी- पाँचजना सम्पर्कविहीन, तीन जलविद्युत् आयोजनामा क्षति बुढीगण्डकी बाढीमा परेर पाँचजना सम्पर्कविहीन भएका छन्।…
शिखर सुजको युवालक्षित नयाँ डिजाइन बजारमा
काठमाडौं / नेपालमा तीन दशकदेखि जुत्ता र चप्पल निर्माणमा अग्रणी नामका रूपमा चिनिएको शिखर सुजले युवालक्षित केही मोडलका जुत्ताहर…