दलहरूको क्षमताका आधारमा सिट बाँडफाँड गर्न कांग्रेस नेताहरूको सुझाव

सोमबार, २३ साउन, २०७९
डिजिटल संस्करण

आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा दलहरूको क्षमताका आधारमा सिट बाँडफाँड गर्नुपर्ने पक्षमा कांग्रेस नेताहरू देखिएका छन्। सिट बाँडफाँडका लागि बनेको कार्यदलको बैठक बस्नुअघि आज बसेको कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकमा नेताहरूले यस्तो  सुझाव दिएका हुन्।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा नेताहरूले ०७४ को निर्वाचन र अहिलेको स्थानीय तह निर्वाचनमा ल्याएको सिटलाई आधार मानेर जान सुझाव दिएका बैठकमा सहभागी नेता रामचन्द्र पौडेलले जानकारी दिएका छन्।

यद्यपि, कति सिटमा कांग्रेसको दाबी रहने भन्ने स्पष्ट छैन। ‘०७४ को पोजिसन के थियो ? अहिले मेयर–उपमेयरको पोजिसन के देखियो ? जस्ता कुरामा छलफल भयो,’ पौडेलले भने, ‘सिट संख्याबारे क्लियर केही कुरा भएन, क्षमताअनुसार लिनुपर्छ भन्ने कुरा भएको छ।’

सुझावित समाचार