अहिले संसद्लाई बिजनेस दिनु गलत : एमाले महासचिव

सोमबार, २३ साउन, २०७९
डिजिटल संस्करण

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले संसद्लाई अहिले कुनै बिजनेस दिनु गलत भएको धारणा व्यक्त गरेका छन् । विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले  निर्वाचनको घोषणापश्चात् संसद् जीवित रहनु संविधानअनुसार भएको बताए । 

उनले अदालतमा समस्या एवं विकृति धेरै रहेकाले त्यसको पूर्ण सुधार हुनु आवश्यक रहेको बताए। पोखरेलले मुलुकको विकास र समृद्धिका लागि गठबन्धन आवश्यक नरहेको धारणा  व्यक्त गरे । 

सुझावित समाचार