सीमान्तकृत थामी समुदायको लोकसंस्कृति उजागर गर्न काठमाडौंको दरबारमार्गमा ‘यापति सोनारी सांगीतिक साँझ’ हुने भएको छ । २४ साउनमा हुने कार्यक्रमा दरबार मार्गस्थित ‘क्विन स्पाइस लाउन्ज’मा हुनेछ ।
सांस्कृतिक साँझमा मुलुकका विभिन्न ठाउँमा बसोबास गर्ने थामी कलाकारले गीत, नृत्य, नाटक, क्यारिकेचरलगायत सांस्कृतिक झाँकी प्रस्तुत गर्ने संयोजक शिखर थामीले जानकारी दिए ।
कार्यक्रममा शेरा थामी, शिखर थामी, रमण थामीलगायत ३५ भन्दा धेरै कलाकारको प्रस्तुति हुनेछ । ‘थामी समुदाय कला र संस्कृतिको खानी हो । तर, मूलधारमा नआउँदा यी कला संस्कृति लोप हुने अवस्था पुगेका छन्,’ शेराले नयाँ पत्रिकासँग भने, ‘यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न जरुरी छ । यही उद्देश्यले हामीले साँझ आयोजना गर्न लागेको हौँ ।’
संयोजक शिखर थामीका अनुसार प्रस्तुति थामी र नेपाली दुवै भाषामा हुनेछ । मारुनी, ख्याली, सैहोले वोन्वोलगायतका मौलिक प्रस्तुति कार्यक्रममा देखाइनेछ । पहिलोपटक आयोजना गर्न लागिएको कार्यक्रमका लागि आवश्यक सबै तयारी पूरा भएको पनि उनले बताए ।
थामी सांस्कृतिक साँझ हुँदै
बजारले होइन, चेतनाले बन्छ राम्रो सिनेमा
४ हप्ता अघि
लोपोन्मुख नृत्य संरक्षणमा ऋतम्भरा
३ हप्ता अघि
पहिलोपटक युरोप भ्रमण गर्दै मंगोलियन हार्ट
३ हप्ता अघि
गायिका रिया खत्रीको ‘युके शहर’ सार्वजनिक
३ हप्ता अघि
सुझावित समाचार
दसैँमा घर आउन नपाएको पीडा, सत्रुघन गौतमको स्वरमा नयाँ गीत सार्वजनिक
काठमाडौं । अमेरिकामा रहेका गायक सत्रुघन गौतमको स्वरमा नयाँ दसैँ गीत सार्वजनिक भएको छ । दसैँमा बिदा नमिल्दा स्वदेश फर्किए…
पत्रकार जनकराज सापकोटाको उपन्यास ‘मगिनी मरिक’को लोकार्पण
काठमाडौं/ पत्रकार तथा लेखक जनकराज सापकोटाको उपन्यास ‘मगनी मरिक’ लोकार्पण गरिएको छ। नेपाल प्रज्ञा प्रतिष्ठ…
दसैँगीत ‘आइपुग्यो दसैँ यो आँगन’ सार्वजनिक
काठमाडौं । नेपाली मौलिक संस्कृति, पारिवारिक आत्मीयता र उत्साह समेटिएको नयाँ लोक–आधुनिक गीत ‘आइपुग्यो दसैँ यो आँ…
आत्मसम्मान र परिचयको संघर्ष : पेन्सन पट्टा
चलचित्र सलल बग्छ । कहीँ पनि बोरिङ फिल हुँदैन । सरल र मार्मिक छन् संवादहरू । विशेषगरी, कलाकार सेलेक्सन, भाषा, रंग, सादगीपन…
चीनमा गुन्जियो नेपाली मौलिक संस्कृति
लमजुङ- चीनको फुगोङमा एक साँझ नेपाली मौलिक पोसाकमा सजिएका कलाकार कौरा नृत्यको ताल सुरु गर्दै थिए । उनीहरूले देउसी र भैलोको…