दक्षिणी गाजा पट्टी सहर रफाहमा भएको इजरायली हवाई हमलामा आफ्ना वरिष्ठ कमान्डर खालिद मन्सुरको मृत्यु भएको प्यालेस्टिनी इस्लामिक जिहाद आन्दोलनले आइतबार पुष्टि गरेको छ ।
नागरिक प्रतिरक्षा टोलीले इजरायली बमबारी भएको भग्नावशेष घण्टौँसम्म खनेपछि मन्सुर र उनका धेरै साथीको शव निकालेको प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे)ले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
इजरायल तथा गाजा क्षेत्रमा दुई दिनयता हिंसा भड्किएको छ । सो हिंसामा परेर दुई दिनयता २४ जनाको ज्यान गएको र अरू कैयौँ घाइते भएका छन् । गाजामा चर्किएको हिंसामा परेर २४ जना प्यालेस्टाइनी मारिएका समाचारमा जनाइएको छ । मारिनेमा ६ जना बालबालिका र दुईजना महिला पनि परेका छन् ।
यसअघि सन् २०२१ को मेमा इजरायलमा दुई सय प्यालेस्टिनी र एक दर्जन इजरायलीको मृत्यु भएको थियो । त्यसपछि त्यहाँ युद्धविराम सम्झौता गरेर युद्ध रोक्ने पहल भएको थियो । त्यसपछि रोकिएको युद्ध पछिल्ला केही दिनमा पुनः सुरु भएको छ ।
इजरायलका सैनिक प्रवक्ता अबिचा आदरीले इजरायली सेनाले उक्त अतिवादी समूहलाई लक्ष्य गरेर आक्रमण गरेको जनाएको छ । इजरायली सेनाले दक्षिणी गाजा स्ट्रिपमा रहेको एक घरमा हमला गरेका थिए । उक्त हमलामा परेर केही प्यालेस्टाइनी मारिएका छन् र ३० जना घाइते भएका थिए । शनिबार इजरायलले प्यालेस्टिनी समूह इस्लामिक जिहादका सदस्यलाई पक्राउ गरेको थियो ।
इजरायली हमलामा पिआइजेका वरिष्ठ कमान्डरको मृत्यु
सुझावित समाचार
इतिहासमा आज
सन् १९८० : होन्डुरस र अल सल्भाडोरबिच सन् १९६९ को जुलाई १४ देखि १८ बिच भएको युद्धसम्बन्धमा शान्तिसम्झौता भयो । सन् १९७० को फिफा वि…
इरानमाथि आक्रमण रोक्न भान्सले बढाए सक्रियता
वासिंटन डिसी/ विभिन्न अमेरिकी सञ्चार माध्यमका अनुसार शान्ति वार्ता पुनः सुरु गर्ने अन्तिम प्रयासस्वरूप अमेरिकी उपराष्ट्रपति जेडी भ…
कंगोमा इबोला संक्रमितको संख्या १० हजार नाघ्यो
किन्सासा/ डेमोक्रेटिक रिपब्लिक अफ कंगो (डिआरसी)मा इबोला संक्रमितको संख्या १० हजार नाघेको छ । अहिले यो प्रकोप डिआरसीका विभिन्न …
स्पेनमा रेल दुर्घटना हुँदा कम्तीमा ६८ जनाको मृत्यु
म्याड्रिड/ स्पेनको मध्यभागमा रोकिराखेको एउटा रेललाई तीव्र गतिमा रहेको अर्को रेलले पछाडिबाट ठक्कर दिँदा कम्तीमा ६८ जनाको मृत्यु भ…
इतिहासमा आज
सन् १९२९ : अमेरिकाी सेयर बजार ‘वाल स्ट्रिट’मा इतिहासकै ठुलो गिरावट आउँदा विश्वभर महामन्दी सुरु भयो । त्यस दिन मंग…
पराजित भएपछि बोल्सोनारोले छाडे ब्राजिल
ब्रासिलिया/ ब्राजिलका उग्र–दक्षिणपन्थी सिनेटर फ्लाभियो बोल्सोनारो बुधबार अमेरिकाको दक्षिणी राज्य फ्लोरिडाको मियामीमा पुगेका…