सत्तागठबन्धनको बैठक २० साउनमा

बुधबार, १८ साउन, २०७९
डिजिटल संस्करण

२० साउनका लागि सत्तारुढ पाँचदलीय गठबन्धनको बैठक बोलाइएको छ ।  सरकारले प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरिरहेको वेला बुधबार अपराह्न बसेको सत्तारुढ दलहरूको शीर्ष तहको बैठकले यही श्रावण २० गते गठबन्धनको बैठक बोलाउने निर्णय गरेको हो ।

गठबन्धनलाई निरन्तरता दिने सहमतिसहित सत्तारुढ दलहरूको बैठक आगामी शुक्रबार बिहान ९ः३० मा बस्ने निर्णय आजको बैठकमा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली  कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। ‘सामान्यतयाः सबै विषयमा छलफल भएको छ। र, गठबन्धनलाई निरन्तरता दिएर अगाडि बढ्ने कुरामा सहमति भएको छ । शुक्रबार साढे नौ बजे फेरि गठबन्धनको बैठक बस्छ,’ उनले भने । 

आज बालुवाटारमा बसेकाे बैठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।  

See More On

सुझावित समाचार