२३ घन्टापछि खुलेको नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

बुधबार, १८ साउन, २०७९
डिजिटल संस्करण

२३ घन्टापछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडकखण्ड पुन: अवरुद्ध भएको छ ।  पहिरोका कारण सडक खुलेको साढे चार घन्टापछि नै पुनः अवरुद्ध भएको हो ।

सोमबार राति ११ बजेदेखि बन्द भएकाे सडक मंगलबार राति ९:४० बजेतिर सञ्चालनमा आएको थियो । भरतपुर महानगरपालिका- २९ नारायणगढ-मुग्लिन सडकखण्डको केराबारी (मौरीखोल पुलनजिकै) वर्षाको कारण माथिबाट लेदोसहितको पहिरो खसेर अहिले  पुनः दुवैतर्फ सडक अवरोध भएको छ ।

हिजो पनि सोही ठाउँमा पहिरो गएको थियो । रातिको पहिरोका कारण नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एक इन्डियन मिनीट्रकको पछाडिको चक्का सामान्य रपमा पुरिएको छ । माथिबाट झरेको लेदोमा चक्का फस्न गई पुरिए पनि मानिसहरू बाहिर निस्किसकेकाले कुनै मानवीय क्षति भएको छैन ।

अहिले बाटो खुलाउने पहल भइरहेको छ । सडक अवरुद्ध हुँदा यात्रुहरू सडकमै अलपत्र परेका छन् । 

सुझावित समाचार