राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्यमार्ग २३ घण्टापछि सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण खसेको पहिरोले नारायणगढ–मुग्लिन सडक मंगलबार दिनैभर अवरुद्ध रहयो ।
नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका– २९ केराबारी मौरीखोला पुलनजिकै सोमबार राति ११ बजे पहिरो खसेको थियो । इच्छाकामना गाउँपालिका– ६ को २ र ३ नम्बर पुलको बीच र भरतपुर– २९ सत्रकिलोमा पहिरो पन्छाएपछि मंगलबार रातिबाट सडक सञ्चालनमा आएको हो ।
पहिरोका कारण नारायणगढ–मुग्लिन सडकसँगै पृथ्वी राजमार्ग पनि अवरुद्ध भएकाले सवारीसाधनहरू नारायणगढ, भरतपुर र गैंडाकोट क्षेत्रमा नै रोकिएका थिए । जसका कारण गन्तव्यमा हिँडेका यात्रु सडकमा अलपत्र परे । यात्रुहरू घण्टौँसम्म भोक, तिर्खा र गर्मी सहेर बस्न बाध्य भए । एम्बुलेन्ससहितका अतिआवश्यक सवारीसाधन पनि चल्न सकेनन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरि अधिकारीका अनुसार पहिरो पन्छाउने काम भइरहे पनि माथिबाट पहिरो खस्न नरोकिएपछि यातायात खुलाउन ढिला भएको हो । ‘पहिरो पन्छाउँदा पन्छाउँदै फेरि खसेर पुरियो,’ उनले भने, ‘यो सडकखण्डमा पहिरो पन्छाउन चारवटा साधनको प्रयोग गरिएको थियो ।’
सवारीसाधन सञ्चालनमा आएसँगै ट्राफिक प्रहरीले ओभर ट्याक नगरी सजग भएर आफ्नो लेनमा सवारीसाधन चलाउन अनुरोध गरेको छ ।
२३ घण्टापछि खुल्यो नारायणगढ–मुग्लिन यातायात
नारायणी पुलमा सवारीसाधन सञ्चालनमा रोक
४ हप्ता अघि
सुझावित समाचार
गुल्मीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु, २ जना घाइते
गुल्मी/ गुल्मीको कालीगण्डकी गाउँपालिका–२, अर्बेनीस्थित दभौखानीमा स्कर्पियो दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ। दुर्घटनामा…
सप्तकोशी नदीमा मोटरबोट दुर्घटना, तीनजनाको मृत्यु, चार बेपत्ता
उदयपुर । सप्तकोशी नदीमा मोटरबोट दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ भने चार जना बेपत्ता भएका छन् ।&n…
भोटेकोशी-त्रिशूली बाढी प्रभावित नेपाललाई हानिनोक्सानी कोषबाट २० मिलियन डलर अनुदान दिने निर्णय
बाढी प्रभावित परिवारको राहत, पुनःस्थापना र पुनर्निर्माणमा खर्च गरिने
विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाको मृत्यु, १९ घाइते
काठमाडौं । आइतबार विभिन्न जिल्लामा भएका दुर्घटनामा १० जनाले ज्यान गुमाएका छन्। आठवटा दुर्घटनामा १० जनाको मृत्य…
गृह मन्त्रालयका ३८ कर्मचारीको सरुवा
काठमाडौं । गृह मन्त्रालय र मातहतका ३८ कर्मचारीको सरुवा भएको छ । मन्त्रालयले शुक्रबार नायब सुब्बा तहका कर्मचारीको सरुवा गरेको हो…
विपत् न्यूनीकरणलाई उच्च प्राथमिकतामा राख्न एआइजी मगरको निर्देशन
झापा -सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक(एआइजी) गणेशबहादुर ठाडामगरले विपद्बाट हुन सक्ने जनधनको क्षति न्यूनीकरणलाई उच्च प्राथ…