साफ यू–२० : नेपाल–बंगलादेश भिड्दै, नेपाल १–० ले पछि

मंगलबार, १७ साउन, २०७९
डिजिटल संस्करण

साफ यू–२० फुटबल च्याम्पियनसिपअन्तर्गत लिग चरणको अन्तिम खेल खेलिरहेको नेपाल १–० ले पछि परेको छ । 
जित्नैपर्ने दबाबसहित मैदानमा उत्रिएको नेपाललाई बंगलादेशले खेलको ६३औँ मिनेटमा गोल गर्दै पछि पारेको हो । 
प्रतियोगिताको तेस्रो खेलमा भारतसँग ८–० ले पराजित भएपछि नेपाल निकै संकटपूर्ण अवस्थामा छ । प्रतियोगिताको फाइनलमा पुग्न कम्तीमा आफ्नो खेल जित्नैपर्ने दबाबमा नेपाल छ । आजको खेल जिते पनि भारत र माल्दिभ्सबीचको खेलको नतिजाले मात्र नेपाल फाइनल पुग्ने हो वा होइन भन्ने टुंगो लगाउने छ । यस्तोमा नेपाल १–० ले पछि परेको छ । 
नेपाली खेलाडीहरू गोल फर्काउने प्रयास गरिरहेका छन् । 
 

सुझावित समाचार