अमेरिकी कारबाहीमा अल कायदाका नेता जवाहिरी मारिए

मंगलबार, १७ साउन, २०७९
डिजिटल संस्करण
अमेरिकी कारबाहीमा अल कायदाका नेता जवाहिरी मारिए

ओसामा विन लादेन (बायाँ) र आइमन अल जवाहिरी (दायाँ) । तस्बिर स्रोत : रोयटर्स

आतंकवादी समूह अल कायदाका नेता आइमन अल जवाहिरी अफगानिस्तानमा मारिएका छन्। अमेरिकी सेनाको हवाई कारबाहीमा उनी मारिएका अमेरिकाका विभिन्न मिडियाले जनाएका छन्। मिडिया रिपोर्टअनुसार सोमबार अफगानिस्तानमा ड्रोनबाट गरिएको आक्रमणबाट उनी मारिएका हुन्।

जवाहिरी मारिएको समाचारको अमेरिकी राष्ट्रपति जो बाइडेनले पुष्टि गरेका छन्। राष्ट्रपति बाइडेनले सोमबार राति एक सन्देशमार्फत अमेरिकाको प्रतिआतंकवादी कारबाहीअन्तर्गत आतंकवादी संगठनका नेता जवाहिरी मारिएका जानकारी दिएका हुन्।

जवाहिरी सन् २०११ मा अल कायदाका नेता छानिएका थिए। अल कायदाका तत्कालीन नेता ओसामा बिन लादेन सन् २०११ मा मारिएका थिए। अमेरिकी सेनाको कारबाहीमा लादेन मारिएपछि त्यसको दुई महिनापछि जवाहिरी सो संगठनको नेता चयन भएका थिए। रासस

सुझावित समाचार