नारायणगढ–मुग्लिन सडकखण्डमा माइक्रोबस दुर्घटना, १८ घाइते

सोमबार, १६ साउन, २०७९
डिजिटल संस्करण

चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर–२९, भोर्लेमा माइक्रोबस दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । घाइतेहरूको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको अस्पताल प्रशासनले जनाएको छ ।

आज दिउँसो करिब ४ बजे नारायणगढबाट धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशूली नदी किनारमा खसेको थियो । घाइतेमध्ये अधिकांश मुक्तिनाथ विकास बैंकको कर्मचारी रहेको प्रहरीले जनाएको छ । 

उनीहरू भरतपुरमा बैंक तालिम सकेर धादिङ फर्किदै थिए ।

सुझावित समाचार