तालमाथि कक्षाकोठा !

शनिबार, १४ साउन, २०७९
डिजिटल संस्करण

 हुम्लाकाे दक्षिण भेग ताजाँकोट गाउँपालिका केन्द्रमै रहेको धर्मोदय माध्यमिक विद्यालयका विद्यार्थी पानीको ताल परेको कक्षाकोठाभित्र बसेर पढ्न बाध्य छन् । जीर्ण  कक्षाकोठा त्यसमाथि पानी जमेको भुइँमा बसेर पढ्नु आफ्नो बाध्यता रहेको  कक्षा १० मा अध्ययनरत शान्ति शर्माको गुनासो छ । ‘हिजो राति पानी परेर कक्षाकोठा नै ताल भएको छ’ उनले भनिन् ।

गत वर्ष आधा भवन बाढीपहिरोले भत्काएको थियो । त्यही जोखिम कक्षाकोठामा आफूहरू पढ्न बाध्य भएको उनले बताइन् । राति पानी परेपछि भवनको भित्ताबाट पानी कक्षाकोठामा पसेर तालजस्तै भएको कक्षा १० कै अध्ययनरत अस्मिता शाहीले बताइन । 

जीर्ण भवनमा विद्यार्थी राखेर पढाउनु आफ्नो बाध्यता रहेको बताउँछन्  धर्मोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक गंगादत्त जैसी । उनी भन्छन्, ‘गत वर्ष भत्किएको भवन निर्माण हुन नसक्दा हामी शिक्षक विद्यार्थी जोखिममा अध्ययन–अध्यापन गराउन बाध्य छौँ।’ 

सुझावित समाचार