साना तथा मझौला कम्पनीको सेयर कारोबारका लागि छुट्टै प्लेटफर्म ल्याइने

बिहिबार, १२ साउन, २०७९
डिजिटल संस्करण

नेपाल धितोपत्र बोर्डले साना तथा मझौला कम्पनीको सेयर कारोबारका लागि छुट्टै प्लेटफर्म सञ्चालनमा ल्याउने भएको छ। बिहीबार धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले आर्थिक वर्ष ०७९/८० को बोर्डको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन्।

अध्यक्ष हमालले हाल नेपाल स्टक एक्सचेन्ज (नेप्से)को एउटै प्लेटफर्मबाट सेयर खरिदबिक्री हुँदै आएकोमा चालू आवदेखि साना तथा मझौला कम्पनीका लागि एसएमइज प्लेटफर्म सञ्चालनमा ल्याइने बताए।

बुक बिल्डिङलाई प्रभावकारी बनाउन अटोमेटिक अक्सन सिस्टम लागू गर्ने, पाँच अर्बभन्दा बढीको कारोबार गर्ने कम्पनीलाई आइपिओ अनिवार्य हुने कानुन बनाउने तथा नयाँ ब्रोकर थप्ने योजना रहेको उनले जानकारी दिए।

सुझावित समाचार