थाइल्यान्डको बैंककमा आगामी साता हुन लागेको टिन स्टार इन्टरनेसनलमा नेपालबाट गायन प्रतिभा प्रसुनजंग पोखरेलले सहभागिता जनाउने भएका छन् । नैकापको ब्राइट फ्युचर सेकेन्डरी स्कुलमा ९ कक्षामा अध्ययनरत पोखरेलले नेपालमा भएका विभिन्न प्रतियोगितामा विजय हासिल गरिसकेका छन् ।
उनले डिएसए (डान्स, सिंगिङ एन्ड एक्टिङ) सिंगिङ स्टार–०१९ सहितका प्रतियोगितामा जित हासिल गरेका छन् । यो अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालबाट प्रतिनिधित्व गर्ने उनी एक्ला प्रतिस्पर्धी हुन् । १४ वर्षीय प्रसुनले टिन स्टार इन्टरनेसनलमा ५५ देशका ११ देखि १४ वर्ष उमेर समूहका प्रतिभाबीच प्रतिस्पर्धा गर्नेछन् ।