साफ यू–२० च्याम्पियनसिप फुटबलअन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा पनि सानदार जित हासिल गरेको छ । तर, आयोजक भारत भने यसपटक पहिलो खेलमै पराजित हुन पुगेको छ ।
आफ्नै घरेलु मैदान भुवनेश्वरस्थित कालिंगा रंगशालामा आज भएको पहिलो खेलमा भारत बंगलादेशसँग पराजित भयो । बंगलादेशले दुई गोल गर्दा भारतले एक गोल मात्र फर्काउन सक्यो । खेलमा बंगलादेशले नै अग्रता लिएको थियो । मोहम्मद नोभाले गोल गर्दै बंगलादेशलाई १–० ले अगाडि बढाए । तर, त्यो अग्रता लामो समय टिकेन । गुर्किरत सिंहले ३६औँ मिनेटमा भारतका लागि बराबरी गोल गरे ।
४५औँ मिनेटमा बंगलादेशले पेनाल्टी प्राप्त गर्यो । कुनै कमजोरी नगरी नोभाले आफ्नो तथा टिमको दोस्रो गोल गरे । यही गोल निर्णायक बनेपछि भारत प्रतियोगिताको पहिलो खेलमै पराजित हुन बाध्य भयो ।
यता, नेपालले आज भएको दोस्रो खेलमा श्रीलंकालाई ३–० ले सहजै पराजित गर्यो । नेपालका लागि कप्तान आशिष घलान, क्रितिसरत्न छुन्जु र मनग्य नकर्मीले गोल गरे । सबै गोल दोस्रो हाफमा भएका थिए । जितपछि नेपालको ६ अंक भएको छ ।
भारत पहिलो खेलमै पराजित, दोस्रोमा पनि नेपालको सानदार जित
सुझावित समाचार
एनपिएलको तेस्रो सिजनमा विश्वका स्टार खेलाडीको जमघट हुँदै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को मिति नजिकिँदै गर्दा टिमहरूले विश्वका एकपछि अर्का चर्चित खेलाडीलाई अनुबन्ध गरिरहेका छ…
विश्वचर्चित दक्षिण अफ्रिकी क्रिकेटर डेबिड मिलरले कर्णाली याक्सबाट खेल्ने
काठमाडौं । कर्णाली याक्सले दक्षिण अफ्रिकाका स्टार क्रिकेटर डेबिड मिलरलाई अनुबन्ध गरेको छ । शुक्रबार क्लबले तेस्रो नेपाल प्रिमियर ल…
कर्णाली याक्सबाट खेल्न पाकिस्तानका हुसैन तलात नेपाल आइपुगे
काठमाडौं । कर्णाली याक्समा अनुबन्ध भएका टेस्टराष्ट्र पाकिस्तानका हुसैन तलात नेपाल आइपुगेका छन् । शुक्रबार उनी तेस्रो नेपाल प्रि…
यू– १९ महिला विश्वकपको तयारीमा नेपालले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने
काठमाडौं । आइसिसी यू– १९ महिला टी– २० विश्वकपको तयारीलाई थप मजबुत बनाउने उद्देश्यले नेपाली यू– १९ महिला …
पाकिस्तानका कप्तान साहिबजादा फर्हानले कर्णाली याक्सबाट खेल्ने
काठमाडौं । कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि टेस्ट राष्ट्र पाकिस्तानका कप्तान साहिबजादा फर्हानलाई अनुबन्ध …
पोखरामा बंगलादेशी अलराउन्डर सैफुद्दिन
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि पोखरा एभेन्जर्सले बंगलादेशी अलराउन्डर मोहम्मद सैफुद्दिनलाई अनुब…