नेपाल एसबिआईका ग्राहकले बाराही हस्पिटालिटीमा छुट पाउने

बुधबार, ११ साउन, २०७९
डिजिटल संस्करण

नेपाल एसबिआई बैंक र होटेल बाराही हस्पिटालिटी एन्ड लिजरबीच बैंकका सम्पूर्ण भिसा डेबिट कार्डवाहक ग्राहकलाई छुट दिने सम्झौता भएको छ । बाराही ग्रुपको होटेल बाराही, बाराही जंगल लज तथा सराङकोट माउन्टेन लजमा कार्ड प्रयोगबापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता भएको हो । 

सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम तथा होटेल बाराही हस्पिटालिटीका म्यानेजर राजकुमार केसीले हस्ताक्षर गरेको जनाइएको छ ।

कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत यादवेन्द्र कान्तका साथै प्रमुख व्यवसाय अधिकृत रितेश अर्याललगायतको  उपस्थिति रहेको जनाइएको छ । 

See More On

सुझावित समाचार