बैकिङ कसुरमा फरार गुरुङ पक्राउ

मंगलबार, १० साउन, २०७९
डिजिटल संस्करण

बैकिङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेकी कास्की पोखरा महानगरपालिका–१७ की ४२ वर्षीया निशा गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई मंगलबार टोखाबाट पक्राउ गरेको हो।

उनलाई उच्च अदालत पाटनले २३ लाख १४ हजार २५० रुपैयाँ जरिवानासहित पाँच दिनको कैद सजाय हुने ठहर गरेको थियो। अदालतको फैसलालगत्तै गुरुङ फरार थिइन्।

सुझावित समाचार