ललितपुरको बालकुमारी सडक खण्डमा स्कुटरलाई ठक्कर दिई फरार रहेका बाेलेरोचालकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ का २६ वर्षीय रेलबहादुर मगरलाई भक्तपुर सल्लाघारीबाट पक्राउ गरेको हो ।
प्रदेश ३–०१–०२२– च– ९१७९ नम्बरको बोलेरोको ठक्करबाट स्कुटरचालक २३ वर्षीय रेखा थापाको उपचारको क्रममा मृत्यु भएको थियो । काेटेश्वरबाट सातदोबाटोतर्फ जाँदे गरेको बोलेरोले सोमबार बिहान ३ः१० बजे स्कुटरलाई ठक्कर दिएकाे थियो । घाइते सकुन्तला घर्तीको भने ट्रमा सेन्टरमा उपचार भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
सिसिक्यामेरा फुटेजका अध्ययनका आधारमा घटनामा संलग्न पक्राउ परेको प्रहरीले जनाएको छ ।