अनेक तिकडम गर्न नजाने चुनाव जित्न गाह्रो छ : अध्यक्ष दाहाल

सोमबार, ९ साउन, २०७९
डिजिटल संस्करण
अनेक तिकडम गर्न नजाने चुनाव जित्न गाह्रो छ : अध्यक्ष दाहाल

फाइल फाेटाे

माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा दलाल पुँजीपतिहरू पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन्। सोमबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको नवौँ स्मृति दिवसलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन्।

चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिकडम गर्न नजाने चुनाव जित्नै गाह्रो हुने अवस्था आएको भन्दै उनले स्थानीय तहको चुनावमा नै गाउँपालिका अध्यक्षका लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको बताए।

‘२०६४ सालको चुनावमा माओवादी भनेर उठाइदिएपछि जितिहाल्नेजस्तो भएको थियो, अहिले त्यस्तो छैन। अब धेरै पैसा खर्च गर्न सकेन भने, अनेक खालका तिकडम गर्न जानेन भने चुनाव जितेर आउन धेरै नै गाह्रो छ,’ उनले भने।

अध्यक्ष दाहालले पार्टीभित्र र कम्युनिस्ट आन्दोलनमा धेरै विचलन, विकृति, विसंगति देखापरेको उल्लेख गर्दै देशमा परिवर्तन ल्याउने काम माओवादीले मात्रै गर्न सक्ने दाबी गरे।

See More On

सुझावित समाचार