अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्मकै ठूलो सक्रिय डढेलो, ३ हजार मानिसलाई उद्धार गरियो

आइतबार, ८ साउन, २०७९
डिजिटल संस्करण

संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यको योसेमिटी राष्ट्रिय निकुञ्जनजिकै तीव्र रूपमा डढेलो फैलिएपछि आपतकाल घोषणा गरिएको छ। शुक्रबारबाट व्यापक रूपमा फैलिन सुरु भएको डढेलो २४ घण्टा बितिसक्दासमेत नियन्त्रणमा आउन सकेको छैन।

'व्यापक रूपमा फैलिइरहेको डढेलोे अग्नि नियन्त्रकहरूका लागि पनि चुनौतीपूर्ण हुन्छ,' क्यालिफोर्नियाको वारुण विभागले भनेको छ। डढेलोपछि तीन हजार मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ भने करिब एक दर्जन घरहरू पूर्णरूपमा जलेका छन्।

डढेलो ११ हजार ९०० एकडमा फैलिएको र यो संयुक्त राज्य अमेरिकाकै सबैभन्दा ठूलो सक्रिय डढेलो रहेको बताइएको छ। डढेलो प्रभावित क्यालिफोर्नियाको मारिपोसा काउन्टीमा आपतकाल घोषणा गरिएको छ।

सुझावित समाचार