डोल्पाका ८५० घरधुरीलाई निःशुल्क सोलार वितरण

आइतबार, ८ साउन, २०७९
डिजिटल संस्करण

डोल्पाको तल्लो क्षेत्रमा पर्ने मुड्केचुला गाउँपालिकाका स्थानीयलाई नि:शुल्क सोलार वितरण गरिएको छ। गाउँपालिकाका ६ वटा वडाका ८ सय ५० घरधुरीलाई निःशुल्क सोलार वितरण गरिएको हो।

गाउँपालिकाका वडा नं १, २, ३, ७, ८ र ९ का सर्वसाधारणलाई निःशुल्क सोलार वितरण गरिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। विद्युतीय ऊर्जाको अभावमा लामो समयदेखि समस्या झेलिरहेका विपन्न नागरिकले सोलार पाएपछि खुसीले दंग भएको अध्यक्ष शाहीले बताए। डोल्पा अहिलेसम्म पनि केन्द्रीय प्रसारण लाइनमा जोडिन सकेको छैन।

सुझावित समाचार