चलचित्र प्रेमगन्ज जर्मनीलगायत युरोपका ४४ देशमा एकसाथ प्रदर्शन हुने

आइतबार, ८ साउन, २०७९
डिजिटल संस्करण

चलचित्र प्रेमगन्ज जर्मनीलगायत युरोपका ४४ देशमा अन्तर्राष्ट्रिय चलचित्रसरह एकसाथ प्रदर्शन हुने भएको छ। नेपाली चलचित्र विदेशमा प्रदर्शन त भएका छन् तर नेपालीले नेपाली कम्युनिटीमा नै व्यक्तिगत रूपमा टिकट बिक्री गरेर, रेस्टुरेन्ट तथा सभा हलमा प्रदर्शन गर्ने गरिएको हो।

तर, प्रेमगन्ज भने सार्वजनिक रूपमै विदेशी चलचित्रसरह विदेशी दर्शकहरूमाझ थिएटरमै प्रदर्शन हुने भएको छ। प्रेमगन्ज जर्मनी, अस्ट्रिया, पोल्यान्ड, माल्टा, डेनमार्क, नेदरल्यान्डलगायत युरोपका ४४ देशमा प्रदर्शन हुनेछ। चलचित्र प्रेमगन्जलाई जर्मनी अवस्थित  lokah film intertaiment ले युरोप प्रदर्शन गर्दै छ। जुन जर्मनीको प्रतिष्ठित वितरक कम्पनी हो।

'अन्तर्राष्ट्रिय रूपमा यसरी प्रदर्शन गर्ने हाम्रो यो पहिलो प्रयास हो। अहिले हामीले पैसाभन्दा पनि बाटो खोजिरहेका छौँ। यसले गर्दा भविष्यमा निर्माण हुने अन्य नेपाली चलचित्रलाई बाटो खुल्नेछ,' निर्देशक परिच्छेद सेनले भने ।

सुझावित समाचार