राष्ट्रिय उमा कुङफु भदौ अन्तिम साता

आइतबार, ८ साउन, २०७९
डिजिटल संस्करण

सातौँ राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ । आयोजक नेपाल उमा कुङफु संघको शनिबार बसेको बैठकले २४ र २५ भदौसम्म प्रतियोगिता काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो । 

संघका अध्यक्ष सिद्धार्थ लामाका अनुसार प्रतियोगितामा करिब तीन सय खेलाडी सहभागी हुनेछन् । सान्डा र प्याटर्नमा गरी कुल २६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । सान्डाको पुरुषमा १० र महिलामा आठ गरी १८ स्पर्धा समावेश छन् ।

प्याटर्नको पुरुष तथा महिलामा चार–चार गरी आठ स्पर्धामा खेल हुनेछ । बैठकले संघको चुनावी साधारणसभा गर्ने निर्णय पनि गरेको अध्यक्ष लामाले जानकारी दिए ।

See More On

सुझावित समाचार