राप्रपा नेपाल अध्यक्ष थापा बेलायत प्रस्थान

आइतबार, ८ साउन, २०७९
डिजिटल संस्करण
राप्रपा नेपाल अध्यक्ष थापा बेलायत प्रस्थान

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई विदाइ गर्दै महामन्त्री राजाराम बर्तौला

राप्रपा नेपालका अध्यक्ष कमल थापा बेलायत प्रस्थान गरेका छन् । थापा आज बिहान कतार एयरवेजको विमानबाट दोहा हुँदै बेलायत गएका हुन् ।

निजी भ्रमणका लागि गएका थापा करिब दुई साता बेलायत रहने राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । बेलायत रहँदा नेपाली समुदायका विभिन्न संघ–संगठनका प्रतिनिधिसँग भने भेटवार्ता हुन सक्ने उनले बताए । 
 

सुझावित समाचार