चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमा शनिबार पहाड भत्किँदा नौजनाको मृत्यु भएको छ। स्थानीय अधिकारीहरूले बेयिन सहरको जिंगताई काउन्टीमा उक्त पहिरो बिहान ११:१५ बजेतिर खसेको जानकारी दिएका छन्।
दुर्घटनामा परी १७ जनामध्ये ९ जनाको मृत्यु भएको छ भने अन्य ७ जना घाइते भएका छन्। त्यसैगरी अर्का एकजना अझै बेपत्ता छन्। खोजी तथा उद्धार कार्य जारी छ।