नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार राष्ट्र बैंकमा आयोजित कार्यक्रममा मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
मौद्रिक नीतिमा घरजग्गा धितोमा कर्जामा कडाइ गरिएको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले घरजग्गा धितो राखी प्रयोग नखुलेका ओभर ड्राफ्ट, धितो कर्जा सम्पत्ति कर्जा, व्यक्तिगत आवधिक कर्जा प्रवाह गर्दा कडाइ गरेको हो । यस्तो कर्जा लिँदा राखिने घरजग्गा धितोको मूल्यको अनुपात काठमाडौं उपत्यकाभित्र बढीमा ३० प्रतिशत र अन्य स्थानको हकमा बढीमा ४० प्रतिशतसम्म कायम गरेको छ ।
अब मर्जरको समयमा बैंक तथा वित्तीय संस्थाको सेयर कारोबार रोक्का नहुने भएको छ । मौद्रिक नीतिमा मर्जर तथा प्राप्तिको समय धितोपत्र कारोबार रोक्ने सम्बन्धमा यस बैंकले जारी गरेको विद्यमान नियमावली खारेज गरी धितोपत्र बोर्डको नियमावलीबमोजिम हुने व्यवस्था मिलाइने उल्लेख छ । यस्तै, बैंक तथा वित्तीय संस्थाले जारी गरेको ऋणपत्रलाई कर्जा–निक्षेप अनुपातमा गणना गर्न पाउने अवधि २०८० असारसम्मको लागि थप गरिएको छ ।
राष्ट्र बैंकले कृषिलगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट पुनरुत्थान हुन बाँकी अति–प्रभावित क्षेत्रमा प्रवाहित कर्जालाई पुनर्कर्जा सुविधा उपलब्ध गराउने गरी निरन्तरता दिइने बताएको छ ।
आर्थिक वर्ष ०७९/८० को मौद्रिक नीति सार्वजनिक
सेनालाई ग्यास उद्योग खोल्न सरकारको प्रस्ताव
३ हप्ता अघि
चाडपर्वलक्षित सामान तातोपानीबाट ल्याउने तयारी
३ हप्ता अघि
अब बुढीगण्डकी जलविद्युत् आयोजना प्राधिकरण मोडलमा
१ हप्ता अघि
सुझावित समाचार
सल्यानमा पहिलोपटक केसर खेती सुरु
सल्यान । सल्यानमा पहिलोपटक केसर खेती सुरु गरिएको छ। कुमाख गाउँपालिका– ३, चिनालीका किसान शेरबहादुर पुनले केसर खेती स…
एनएमबि बैंक र भिजाबिच ‘भिजा डाइरेक्ट टु एकाउन्ट’ सेवाका लागि सम्झौता
काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो अन्तर्राष्ट्रिय रकम स्थानान्तरण सेवा विस्तार गर्न भिजासँग ‘भिजा डाइरेक्ट टु एका…
स्थापनाको ३०औँ वर्षमा आर्य फार्मा ल्याब एनपिएलको स्वास्थ्य साझेदारका रूपमा क्यानसँग तीनवर्षे सहकार्य
काठमाडौं । स्थापनाको ३०औँ वर्षमा प्रवेश गरेको अवसरमा आर्य फार्मा ल्याबले नेपाल क्रिकेट संघ (क्यान) सँग नेपाल प्रिमियर लिग (एनपिए…
जलाशययुक्त आयोजनामा सहकार्य गर्न अन्तर्राष्ट्रिय समुदायलाई इप्पानको आग्रह
काठमाडौं/ नेपालमा जलाशययुक्त जलविद्युत् आयोजना विकासका लागि सहकार्य गर्न क्यानडासहित अन्तर्राष्ट्रिय समुदायलाई स्वतन्त्र ऊर्जा उत्पादक…
युएन एसिया प्यासिफिक मन्त्रीस्तरीय सम्मेलन
जलवायु विपत् पूर्वतयारी गर्न नेपालले राख्यो तीन प्रस्ताव
मोरङको केरौनमा १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, चार्ज गर्ने तयारी
मोरङ/ मोरङको कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ। मोरङसहित आसपासका जिल्ला…