चट्याङ लागेर हुम्लाको रिपमा ५० बाख्रा र दुईवटा गाई मरे

शुक्रबार, ६ साउन, २०७९
डिजिटल संस्करण

हुम्लाको मध्यभागमा रहेको सर्केगाड गाउँपालिकाको रिपगाउँमा चट्याङ लागेर ठूलो संख्यामा बाख्रा मरेका छन् । चट्याङले सर्केगाडको वडा नम्बर २ का ५० भन्दा बढी बाख्रा मरेका छन् भने एकजना घाइते भएका छन् ।

रिपको खानी भन्ने स्थानको खर्कमा बाख्रा लगेका वेला परेको चट्याङमा परेर दुईजना किसानका ५० बढी बाख्रा मरेको सर्केगाड वडा नम्बर २ का वडाध्यक्ष सिद्ध कार्कीले जानकारी दिए ।

वडाध्यक्ष कार्कीका अनुसार चट्याङले घाइते भएका छक्का कार्कीको अवस्था अहिले सामान्य हुँदै गएको छ । चट्याङ लागेर घाइते हुनेबित्तिकै पिठ्युँमा बोकेर रिपस्थित मूलघरमा ल्याइएका कार्कीको अवस्था अहिले सामान्य हुँदै गएको हो ।  

खर्कमा अचानक परेको चट्याङमा परी स्थानीय कार्की र लुड्प्या महताराका ५० बढी बाख्रा तथा दुई गाईगोरु मरेका छन् । चट्याङ परेको स्थान गाउँबाट टाढा भएकाले क्षतिको विस्तृत विवरण नआएको वडाध्यक्ष कार्कीले जानकारी  दिए । 

See More On

सुझावित समाचार