नेप्से परिसूचक ५.८७ अंकले गिरावट

बिहिबार, ५ साउन, २०७९
डिजिटल संस्करण

सेयर बजार कारोबार मापक नेप्से परिसूचक बिहीबार सामान्य अंकले घटेको छ। नेप्से ५.८७ अंकले घटेर दुई हजार ४४.७२ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ०.८६, फ्लोट इन्डेक्स ०.४५ र सेन्सेटिभ इन्डेक्स ०.५० अंकले गिरावट आएको छ।

बिहीबार कारोबारमा आएका दुई सय २५ कम्पनीको ३९ लाख आठ हजार कित्ता सेयर एक अर्ब ६४ करोड २६ लाख ४८ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको छ। बुधबारको तुलनामा आज कारोबार रकममा पनि सामान्य गिरावट आएको छ। बुधबार एक अर्ब ७३ करोड १८ लाख ३२ हजार रुपैयाँबराबरको सेयर खरिद–बिक्री भएको थियो।

बिहीबार अन्य उपसमूह १.०९ प्रतिशत र बैंकिङ उपसमूह ०.१७ प्रतिशत बढ्दा बाँकी सबै उपसमूहको सूचक घटेको छ। आज लगानी, जीवन बिमा र व्यापार उपसमूहको परिसूचक एक प्रतिशतभन्दा बढीले गिरावट आएको छ।

सुझावित समाचार