एसपिपी नहुने भएपछि वैकल्पिक नामबाट सैन्य सम्झौताको प्रयास भइरहेको छ : देव गुरुङ

बिहिबार, ५ साउन, २०७९
डिजिटल संस्करण
एसपिपी नहुने भएपछि वैकल्पिक नामबाट सैन्य सम्झौताको प्रयास भइरहेको छ : देव गुरुङ

फाइल फाेटाे

माओवादी केन्द्रका सांसद देव गुरुङले सरकारले भित्रभित्रै एसपिपी सम्झौता गर्ने तयारी गरिरहेको आशंका व्यक्त गरेका छन्। बिहीबार प्रतिनिधिसभाको बैठकमा गुरुङले अन्य विभिन्न नाममा सैन्य सम्झौताको प्रयास भइरहेको हुन सक्ने आशंका व्यक्त गरेका हुन्।

हालै परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले एसपिपी सम्झौता गर्न नसक्ने कुराको पत्राचार अहिले नै गर्न नसकिने बताएको उल्लेख गर्दै उनले फरक शीर्षकमा भित्रभित्रै सैन्य सम्झौता गर्न लागिएको आशंका व्यक्त गरे।

‘एसपिपी सम्झौता नहुने भन्ने कुरापछि अन्य वैकल्पिक नामहरूबाट, कन्टेन त्यही राखेर अन्य विभिन्न नामबाट वर्कआउट गरिराखेको बुझिन्छ। म्युचुअल डिफेन्स ट्रिटीको नामबाट पनि त्यो प्रयास चलिरहेको छ। स्ट्राटेजी डिफेन्स प्याक्ट भनेर पनि प्रयास चलिरहेको छ। कन्टेन त्यही तर नाम परिवर्तन गरेर काम गर्ने कुरा अमेरिकी पक्षबाट भइरहेको छ। ती कुरा हुन नसके स्टाटस अफ फोर्स एग्रिमेन्ट (सोफा) भनेर भनिन्छ, एमसिसीमा टेकेर सोफोको नामबाट अर्को सैन्य एग्रिमेन्ट गर्ने भन्नेतर्फ पनि प्रयास चलिरहेको छ। पिस को–अपरेसन एग्रिमेन्ट भनेर शीर्षक राखेर सम्झौता गर्ने प्रयास भइरहेको छ,’ गुरुङले भने।

उनले तत्कालै पत्राचार गर्न नसकिने परराष्ट्र मन्त्रालयको अभिव्यक्ति मन्त्रिपरिषद्को निर्णयविपरीत भएको भन्दै अविलम्ब एसपिपीसम्बन्धी पत्राचार गर्न रुलिङको माग गरे।

सुझावित समाचार