मुक्तिनाथ विकास बैंकलाई वल्र्ड कन्फेडरेसन अफ बिजनेस (वल्र्डकब)ले ‘द बिज अवार्ड २०२२’ ले सम्मान गरेको छ । संस्थाले बैंकलाई व्यापारमा उत्कृष्टता, व्यापारमा अब्बल नेतृत्व, सेवाको गुणस्तर, सेवामा सिर्जनात्मक अभ्यासजस्ता ६ विधामा मूल्यांकन गरी सम्मान गरेको हो ।
अवार्ड कार्यक्रमको आयोजनाकर्ता वल्र्डकब विश्वभरिका एक सय ३० देशका तीन हजार पाँच सयभन्दा बढी व्यापार सदस्यको प्रतिनिधित्व गर्दै आएको बैंकले जनाएको छ । सोही क्रममा बैंकलाई ‘बिजनेस एक्सेलेन्स अवार्ड र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेललाई पनि ‘बिजनेस एक्सेलेन्स सर्टिफिकेट’ले सम्मानित गरेको जनाइएको छ ।
सम्मानले बैंकलाई भविष्यमा आफ्नो व्यापार प्रणालीमा अझ थप रणनीति बनाउन र ग्राहकका लागि नवीनतम सेवा ल्याउन उत्साहित बनाएको बैंकले जनाएको छ । बैंकले यसअघि ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ तथा ‘ग्लोबल एसएमई अवार्ड २०२१’को एसएमई फाइनान्सर अफ द इयर–एसिया विधामा पनि सम्मानित भएको जनाएको छ ।