नेपाली कांग्रेसले संसदीय दलको प्रमुख सचेतकमा चित्रलेखा यादवलाई र सचेतकमा मीन विश्वकर्मालाई मनोनयन गरेको छ। बुधबार पार्टी अध्यक्ष तथा संसदीय दलका प्रमुख शेरबहादुर देउवाले यादव र विश्वकर्मालाई प्रमुख सचेतक र सचेतकमा मनोनयन गरेका हुन्।
संसदीय दलको संशोधित विधान २०७४ को धारा १३ को उपधारा २ बमोजिम यादव र विश्वकर्मालाई नियुक्त गरिएको अध्यक्ष देउवाले जनाएका छन्।
