तामाङ चलचित्र ‘काख्रे’ कतारमा प्रदर्शन हुँदै

मंगलबार, ३ साउन, २०७९
डिजिटल संस्करण

तामाङ चलचित्र ‘काख्रे’ कतारमा प्रदर्शन हुने भएको छ । नेपाल प्रवासी तामाङ समाजको आयोजनामा यही २९ जुलाईमा सालिमार इस्तानबुल रेस्टुरेन्ट दोहा, नज्मामा प्रदर्शन हुन लागेको हो । 

चलचित्रमा नायक ऋतुराज पाख्रिन र नायिका सुनिता लुङ्बाको अभिनय छ । चलचित्र प्रदर्शनसँगै सांस्कृतिक कार्यक्रम पनि हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रममा कलाकार सेलो गायक कुमार ओख्रेली, सेलो गायक सुन्दर मोक्तान, गायिका मुस्कान रुम्बालगायतको प्रस्तुति रहनेछ ।

ल्हाप्साङकर्पो म्युजिक सेन्टरको ब्यानरमा निर्माण गरिएको उक्त चलचित्रको निर्देशन रोशन फ्युवा तामाङले गरेका हुन् । कथाकार तथा नायक ऋतुराज पाख्रिनको कथामा चलचित्र बनाइएको हो । उक्त चलचित्रका निर्माता प्रबल थिङ हुन् भने सहनिर्माता शेखर थापा, शंकर पुडौैनी र सरिता तामाङ रहेका छन् । 

सुझावित समाचार