उदयपुर सिमेन्ट उद्योगमा तातो धुलोले पोल्दा चार मजदुर घाइते

सोमबार, २ साउन, २०७९
डिजिटल संस्करण

उदयपुर सिमेन्ट उद्योगमा उद्योगको तातो धुलोले पोल्दा चारजना मजदुरहरू घाइते भएका छन् । सोमबार उद्योगको मेसिनको ‘साइकोन’ जाम भएपछि खोल्ने क्रममा सिमेन्ट बनाउने तातो धुलोले पोल्दा चारजना मजदुर घाइते भएका हुन् । 

उद्योगका सूचना अधिकारी लक्ष्मण पोखरेलका अनुसार घाइते हुने मजदुरहरूमा विनोद श्रेष्ठ, विदुर खड्का, दीपेन्द्र चौधरी र भीमबहादुर भुजेल रहेका छन् । उनले भने, ‘घाइते हुनेमा विनोद श्रेष्ठ र विदुर खड्काको अवस्था अलि गम्भीर छ, दुवैजनाको टाउको, खुट्टा, हात जलेको छ । चौधरी र भुजलेको हात र खुट्टा जलेको छ ।’

उनले चारैजनालाई जिल्ला अस्पताल उदयपुरमा उपचारपछि थप उपचारको लागि विराटनगरस्थित म्याक्स इन्टरनेसनल ट्रमा सेन्टरमा पठाएको बताए ।
‘साइकोन’ जाम भएपछि खोल्ने क्रममा तातो सिमेन्टको धुलो एक्कासि माथिबाट खस्दा जमिनमा रहेका उनीहरू घाइते भएको पोखरेलको भनाइ छ । सतर्कता नअपनाउँदा उद्योगमा यस्ता घटना हुने गरेका छन् । 
 

सुझावित समाचार