जुम्लामा पहिरोले एक घर भत्कियो

आइतबार, १ साउन, २०७९
डिजिटल संस्करण

जुम्लाको चन्दननाथ नगरपालिका–७ मा पहिरोले एक घर भत्किएको छ। गएरातिको पहिरोले वडा नं ७ स्थित कर्णाली राजमार्गको भित्तामा रहेको कृष्णबहादुर रावलको घर भत्किएको हो।

रावलको चारकोठे घर पहिरोले भत्केको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ। घर खाली रहेकाले कुनै मानवीय क्षति भने नभएको प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए। ‘घरमा कोही पनि बस्ने गरेका थिएनौँ,’ घर मालिक रावलले भने, ‘घरसहित व्यापारको सामग्री क्षति भएको छ। क्षतिको यकिन विवरण भने आइसकेको छैन।

See More On

सुझावित समाचार