आर्थिक अनियमितता भएको भन्दै छन्त्याल संघलाई काठमाडौं सिडिओको पत्र

आइतबार, १ साउन, २०७९
डिजिटल संस्करण

आर्थिक अनियमितता भएको उजुरी परेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले नेपाल छन्त्याल संघलाई हिसाबकिताब बुझाउन पत्र लेखेको छ। २४ असारमा लेखेको पत्रअनुसार संघका पदाधिकारीले विदेशबाट पठाएको रकम हिनामिना भएको उल्लेख छ।

पत्रमा उल्लेख भएअनुसार संघका अध्यक्ष मनमोहन बुढाथोकी (छन्त्याल)को कार्यसमितिले झन्डै चार लाख रुपैयाँ हिनामिना गरेको छ। अध्यक्षले भने आरोप सरासर गलत रहेको बताए।

उनले भने, ‘सिडिओ कार्यालयले पत्र लेखेको हो। पत्रअनुसार नै हामीले हिसाबकिताब कार्यालयमा पठाउने तयारीमा छौँ । कतिपय हिसाबकिताब मिलाउन बाँकी होलान्। ती सबै हामीले सार्वजनिक गर्ने नै छौँ । यति सानो विषयलाई लिएर साथी किन यसरी लागेका हुन् बुझ्न सकिएको छैन।’

सिडिओमा संघका पूर्वअध्यक्ष गजेन्द्र छन्त्यालसहितको टोलीले आर्थिक अनियमितता भएको भन्दै उजुरी हालेका थिए। सोही उजुरीपछि सिडिओले संघमा हरहिसाब पेस गर्न पत्र काटेको हो।

सुझावित समाचार