पूर्वाधार करबापत मूल्य समायोजन भएको रकम सरकारले निगमलाई उपलब्ध गराउने

आइतबार, १ साउन, २०७९
डिजिटल संस्करण

सरकारले पेट्रोलियम पदार्थमा पूर्वाधार करबापत मूल्य समायोजन भएको रकम नेपाल आयल निगम (एनओसी)लाई उपलब्ध गराउने भएको छ।

असार ३१ गते बसेको मन्त्रिपरिषद्को बैठकले समायोजन भएको ५९ करोड ८६ लाख ८० हजार रुपैयाँ अनुदानस्वरूप उद्योग मन्त्रालयमार्फत निगमलाई उपलब्ध गराउने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन्।

त्यस्तै, एनओसीले इन्डियन आयल कर्पोरेसन लिमिटेडलाई भुक्तानी दिन रकम अपुग भएकाले अर्थ मन्त्रालयबाट एनओसीलाई सात अर्ब रुपैयाँ ऋण लगानी गर्ने निर्णयसमेत भएको कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिएका छन्।

सुझावित समाचार