लगानीकर्ता भन्छन्– वर्षभरि २५ प्रतिशत मात्रै सुुखको अनुुभूूति
आर्थिक वर्ष ०७८/७९ को सुुरुवातीमा उच्च अंकले वृद्धि भएको सेयर बजार दोस्रो महिनामै इतिहासकै उच्च बिन्दुुसम्म पुग्न सफल भयो । बजारले परीक्षण गर्न सफल भएको हो । सो वर्षको २ भदौमा नेप्सेले ३१ सय ९८ दशमलव ६० को बिन्दुमा पुग्नु लगानीकर्ताका लागि ऐतिहासिक क्षण बन्न पुुग्यो । ऐतिहासिक बन्न पुुगे पनि बजारमा आएको उत्तारचढावले वर्षको अन्त्यमा आठ सय ७३ दशमलव ९२ अंकले घट्न पुुगेको छ । एक वर्षमा नेप्से ३० प्रतिशत घट्दा लगानीकर्ता मनोवैज्ञानिक रूपमा अहिले निराश छन् ।
अघिल्लो आर्थिक वर्ष ०७७/७८ को असार ३१ मा नेप्से सूूचक २८ सय ८३ दशमलव ३८ बिन्दुुमा थियो । आर्थिक वर्ष ०७८/७९ असार ३१ को अन्तिम कारोबार शुुक्रबार आइपुुग्दा नेप्से सूूचक दुई हजार नौ दशमलव ४६ बिन्दुुमा बन्द भएको छ ।
आर्थिको वर्षको सुुरुवातीमा पहिलो कारोबार नेप्से सूचक २९ सय ६८ दशमलव ४३ बिन्दुुमा पुगेको थियो । त्यसपछि नेप्से तीव्र गतिमा बढिरहेको बजारमा राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति, बैंकिङ प्रणालीमा देखिएको तरलता अभाव, बढ्दो ब्याजदर, कोभिड र रसिया–युक्रेन युद्धजस्ता कारणले नकारात्मक असर पर्यो ।
विशेष गरी मौद्रिक नीतिमा आएको एक व्यक्तिले एउटा बैंकबाट चार करोड र सबै बैंक तथा वित्तीय संस्थाबाट १२ करोड रुपैयाँभन्दा बढी रकम सेयर धितोमा कर्जा लिन नपाउने व्यवस्थाले असर पार्यो । राष्ट्र बैंकको निर्देशनको प्रभावले हाई अलर्ट (उच्च बिन्दुु)मा पुुगेको नेप्से १९ महिनायताकै न्यून बिन्दुुको आसपासमा आइपुुगेको हो । आर्थिक वर्षमा न्यूनतम बिन्दुु ९ असारमा १८ सय ४८ को न्यूनतम बिन्दुुसम्म आइपुुगेको थियो ।
लगानीकर्ताले गुमाए ११ खर्ब ४१ अर्ब
भदौदेखि सेयर बजार ओरालो लाग्दा लगानीकर्ताले ११ खर्ब ४१ अर्ब ६२ करोड रुपैयाँ गुुमाउन पुुगेका छन् । अघिल्लो आर्थिक वर्षको कारोबार अन्तिम दिन बजार पुँजीकरण ४० खर्ब १० अर्ब ९६ करोड रुपैयाँ थियो । चालू आर्थिक वर्षको अन्तिम दिन सेयर पुँजीकरण २८ खर्ब ६९ अर्ब ३४ करोडमा झरेको छ ।
बजार बढाउन लगानीकर्ताको आन्दोलनदेखि अनशनसम्म

वर्षभरि सेयर बजारमा आएको उतारचढावकै कारण लगानकर्ताले अनशनसम्मको आन्दोलन गरेका छन् । मौद्रिक नीतिमा आएको सेयर धितो कर्जा सीमा हटाउनेलगायतका १९ बुँदे माग गर्दै लगानीकर्ताले आन्दोलन गरेका थिए । नियामक निकाय दरिलो र जिम्मेवारी नबन्दा बजार न्यूून बिन्दुुमा आएको भन्दै लगानीकर्ताले सडकदेखि सदनसम्म आवाज उठाउन बाध्य भएको लगानीकर्ता बताउँछन् ।
माग सम्बोधन नभएपछि लगानीकर्ता तिलक कोइराला सात दिन पूरा लामो अनशनसमेत बसेका थिए । बजार निरन्तर घटे पनि लगानीकर्ताको मागको विषयलाई लिएर प्रधानमन्त्रीदेखि अन्य सरोकार निकायलले समेत चासो देखाइरहेका छन् । आगामी मौद्रिक नीतिबाट सेयर धितो कर्जालगायतका सीमा हटाइनुपर्ने उनीहरूको माग छ । सो माग सम्बोधन भएमा धेरै हदसम्म बजार पुुनः विगतकै उच्च बिन्दुुमा पुुग्न सक्ने लगानीकर्ता नयन बाँस्तोलाको भनाइ छ । यो वर्षको सेयर बजारलाई ७५ प्रतिशत निराशाको वर्षका रूपमा हेर्न सकिने उनले बताए ।
धितोपत्र बोर्डले नियोजित रूपमा दोस्रो बजारमा चलखेल हुन सक्ने भन्दै ल्याएको ५१ कम्पनीको सूूची, मौद्रिक नीतिमा सेयर धितो कर्जामा सीमा र नियामक निकायमा बसेका व्यक्तिले बजारका बारेमा अनेक टिप्पणी गर्दै हिँड्नुुले बजार सकारात्मक हुन नसकेको उनको बुझाइ छ । ‘गभर्नरजस्ता व्यक्ति ब्याजदर घट्छ–बढ्छ भन्दै हिँड्दा, पुुँजी बजार साम्राज्यवादको विकसित रूप हो भन्दै हिँड्दा त्यसको गहिरो असर बजारमा पर्न पुुग्यो,’ उनले भने ।
त्यस्तै पुुँजी बजार संघकी अध्यक्ष राधा पोखरेलले पनि सेयर लगानीकर्ताका लागि आर्थिक वर्ष सकारात्मक नभएको बताइन् । समग्रमा बजार सकारात्मक रहन सकेन, नियामक निकाय हाबी हुँदा त्यसको असर बजारमा परेको उनको भनाइ छ । ‘लगानीकर्ताको माग आगामी आर्थिक वर्षमा सम्बोधन हुुनुपर्छ, पुुँजी बजारलाई जुुवाको घर नसोचेर अर्थतन्त्रको मापकका रूपमा लिएर अघि बढ्नुुपर्छ,’ उनले भनिन् ।
कारोबार रकममा अर्को रेकर्ड
चालू आर्थिक वर्षमा नेप्से परिसूूचकसँगै कारोबार रकम पनि नयाँ रेकर्ड बन्न सफल भएको छ । चालू आर्थिक वर्षको अन्त्यमै साउन ३१ को कारोबारमा २१ खर्ब ६४ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ । उक्त दिन २४ अंकले घटेको बजारमा लगानीकर्ताले सर्वाधिक सेयर खरिद–बिक्री गरेका हुन् । त्यसैगरी, असारबाट नेप्से सूूचकले शुक्रबार पनि दुुई घन्टा बजार खुुला गरेको छ । दुुई घन्टा खुुलेको बजारमा ३ असारमा ७३ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।