लामाले जिते यामाहाको नयाँ वर्ष अफरको बम्पर पुरस्कार

शनिबार, ३२ असार, २०७९
डिजिटल संस्करण

यामाहा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले नयाँ वर्ष ०७९ लाई लक्षित गरी सुरु गरेको अफर ‘२०७९ह१००० गुणाले खुसी बढाउनुहोस्’को बम्पर पुरस्कार काठमाडौंका तेन्जिङ लामाले जितेका छन् । लामालाई कम्पनीले २० लाख ७९ हजारको चेक हस्तान्तरण गरेको छ । 

नेपालमा सार्वजनिक गरिएका अफरहरूमध्ये अहिलेसम्मकै सबैभन्दा बढी नगद राशि भएको उक्त नयाँ वर्ष अफर चैत १ गतेबाट जेठको दोस्रो हप्तासम्म चलाइएको कम्पनीले जनाएको छ ।

यसका अतिरिक्त, उक्त योजनाअन्तर्गत ग्राहकले यामाहाका कुनै पनि सवारीसाधन कम्पनीको अधिकारिक सोरुमबाट खरिदपश्चात् स्योर सट २०७९ह४=आठ हजार तीन सय १६ देखि २०७९ह१००=दुई लाख सात हजार नौ सय रुपैयाँसम्म नगद पुरस्कार जित्ने मौका पनि प्रदान गरिएको जनाइएको छ । कम्पनीका अनुसार ग्राहकहरूले यामाहाको आधिकारिक वेबसाइटमा दैनिक रूपमा खेलाइएको डिजिटल ज्याकपटमा सहभागी भई उल्लिखित नगद उपहार जितेका थिए ।

बम्पर विजेता लामाले पोखराको भिएडब्लू इन्टरप्राइजेजबाट यामाहा रेजेडआर १२५ सिसीको स्कुटर खरिद गरेका थिए । यामाहा रेजेडआर प्रतिलिटर ५८ किलोमिटर (औसतमा) माइलेज  प्रदान गर्ने बजारमा एक मात्र स्कुटर रहेको कम्पनीको दाबी छ ।

यसैगरी, ग्राहकहरूको खुसी नै यामाहा नेपालका लागि सबैभन्दा महत्वपूर्ण रहेको यामाहा नेपालका कार्यकारी निर्देशक राजु क्षत्रीले  बताए । आउँदै गरेको नेपालीको महान् चाडपर्व दसैँ–तिहारलाई अझ उत्सवमय एवं बृहत् बनाउनका निम्ति यस्तै आकर्षक अफरका लागि कम्पनीले तयारी गरिरहेको उनको भनाइ छ ।

See More On

सुझावित समाचार