सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)की सांसद एवं पूर्वसभामुख ओनसरी घर्तीले प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचन संवैधानिक व्यवस्थाअनुसार नै भएको टिप्पणी गरेकी छिन्। शुक्रबार उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएलगत्तै उनले सञ्चारकर्मीसमक्ष यस्तो भनाइ राखेकी हुन्।
प्रमुख प्रतिपक्ष दल एमालेले संविधानले सत्तापक्षले सभामुख पाएपछि उपसभामुख प्रतिपक्षले पाउनुपर्ने व्यवस्था गरेको जिकिर गरिरहेको वेला घर्तीले भने संविधानमा फरक लिंग र फरक दल भनेको र सोहीअनुसार उपसभामुखमा भुसाल निर्वाचित भएकाे बताइन्।
‘संविधानमा व्यवस्था भएअनुसार नै यो निर्वाचन भएको छ । अलग दल र फरक लिंग भन्ने संविधानको भावनामा नै टेकेर उपसभामुख निर्वाचित हुनुभएको हो,’ घर्तीले भनिन्, ‘यो छिटो हुनुपर्दथ्यो भन्ने मेरो पनि मान्यता थियो।’