राअविको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा थापाको बढुवा

शुक्रबार, ३१ असार, २०७९
डिजिटल संस्करण

राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा कुलदेव थापाको बढुवा भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनको बढुवा गरेको हो । विभागमा १० वैशाखदेखि अतिरिक्त मुख्य अनुसन्धान निर्देशकको पद रिक्त थियो । 

विभागमा एक मात्र रहेको यो पदमा कसलाई बढुवा गर्ने भन्ने विवादले लामो समय रिक्त रहेको हो । शुक्रबार बढुवा भएका थापाले ३ साउनमा अनिवार्य अवकाश पाउनेछन् । अवकाशअघि उनलाई विशिष्ट श्रेणीको पदमा बढुवा गरिएको हो । 

अब ३ साउनपछि रिक्त हुने सो पदमा बढुवाका लागि हुतराज थापा, ओम जोशी, टेकेन्द्र कार्की, सुमन बैद्य, सुनील ढकाललगायत प्रतिस्पर्धामा छन् । उनीहरूमध्ये जो बढुवा हुन्छ त्यो आगामी भदौ अन्तिममा उही विभागको प्रमुख हुने भएकाले तीव्र प्रतिस्पर्धा भएको हो ।

सुझावित समाचार