आइजिपी विवादको मुद्दामा जवाफी बहस हुँदै

शुक्रबार, ३१ असार, २०७९
डिजिटल संस्करण

नेपाल प्रहरीको आइजिपी विवाद मुद्दामा आज (शुक्रबार) जवाफी  बहस हुँदै छ । आज रिट निवेदकका तर्फबाट जवाफी  बहस हुन लागेको हो । बहस सकिएपछि आज नै सर्वोच्च अदालतले फैसला सुनाउन सक्नेछ ।

कामयमुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ भइरहेको छ । केही हप्तादेखि आइजिपी विवादको रिटमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ जारी छ ।

आफूलाई प्रहरी महानिरीक्षक बढुवा नगर्ने निर्णय गैरकानुनी भएको दाबी गर्दै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले धीरजप्रताप सिंहलाई प्रहरी प्रमुख बनाएको थियो ।

सुझावित समाचार