प्रहरीले बैंकिङ कसुर अभियोगका फरार प्रतिवादी ४२ वर्षीया बन्दना उप्रेतीलाई पक्राउ गरेको छ । उनीविरुद्ध उच्च अदालत पाटनले एक करोड ५९ लाख रुपैयाँ जरिवाना र ३० दिनको कैद सजाय सुनुवाइ गरेको थियो ।
५ असारमा आएको अदालतको आदेशसँगै उनी फरार थिइन् । उनलाई बिहीबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)बाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको हो । बैंक खातामा रकम नभएको जान्दाजान्दै उनले पीडितलाई आफ्नो नामको चेक काटेर दिएकी थिइन् ।