एमालेले खुलायो एम अधिकारीको परिचय

एम अधिकारी खोटाङका सिए मनोज अधिकारी भएको दाबी

बिहिबार, ३० असार, २०७९
डिजिटल संस्करण

अर्थ तथा योजना विभागको सदस्यका रूपमा एम अधिकारीको नामसँग जोडिएर राष्ट्रबैंकका गर्भनर महाप्रसाद अधिकारी विवादमा तानिएपछि एमालेले ती व्यक्ति चार्टड एकाउन्टेन्ट मनोज अधिकारी भएको बताएको छ । मनोजको थप परिचय खुलाउँदै एमालेले साउन पहिलो हप्ताभित्र बस्ने अर्थ तथा योजना विभागको बैठकमा सहभागी हुन विराटनगरबाट काठमाडौं आउनेसमेत जानकारी गराएको छ ।  

‘अर्थ तथा योजना विभागमा रहनुभएका एम अधिकारी चार्टड एकाउन्टेन्ट मनोज अधिकारी हुनुहुन्छ, उहाँको स्थायी ठेगाना खोटाङ हो, अहिले कामको सिलसिलामा विराटनगरमा बस्नुहुन्छ,’ एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले भने, ‘पार्टीले १० साउनअघि सबै केन्द्रीय विभागहरूको बैठक राख्ने योजना बनाइसकेको छ, त्यसअनुसार मनोज कमरेड पनि त्यो बैठकमा सहभागी हुनुहुनेछ ।’ 

मनोज अधिकारी पार्टीमा सक्रिय रूपले काम गरेको व्यक्तित्व भएको भन्दै उनले बाहिर अनावश्यक भ्रम फिँजाएर एमालेलाई बदनाम गर्न खोजिएको दाबीसमेत गरे । ‘उहाँ हाम्रो पार्टीको संगठित र क्रियाशील व्यक्ति हो, यसअघि पार्टीको पेसागत विशेष जिल्ला कमिटीमा बसेर कामसमेत गरिसक्नुभएको छ ।’ अधिकारीले भने ।

सुझावित समाचार