गभर्नरबारे छानबिन गर्न माग

बुधबार, २९ असार, २०७९
डिजिटल संस्करण
गभर्नरबारे छानबिन गर्न माग

तस्बिर : अमुल थापा

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी नेकपा (एमाले) को अर्थ तथा योजना विभागको सदस्य रहेको विषय सार्वजनिक भएको भन्दै छानबिनको माग गरिएको छ ।

बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद रेखा शर्माले यस सन्दर्भमा प्रचलित कानुन र बैंकको ऐन, नियमावलीविपरीत कुनै पनि दलमा आबद्ध भएको व्यक्ति गभर्नरमा नियुक्त हुन नहुने व्यवस्थाको उल्लंघन भएको टिप्पणी गरिन् । 

उनले सोबारे छानबिन गरेर नियुक्ति गर्ने र नियुक्त पाउने दुवै पक्षलाई कारबाही गर्न माग गरिन् । एमालेको पछिल्लो अन्तरपार्टी निर्देशनमा एम अधिकारी (खोटाङ)लाई उक्त विभागको सदस्य राखिएको उल्लेख छ । 

सुझावित समाचार