उपसभामुखको निर्वाचन असार ३१ गते

बुधबार, २९ असार, २०७९
डिजिटल संस्करण

प्रतिनिधिसभाको रिक्त उपसभामुख पदको निर्वाचन यही असार ३१ गते हुने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उक्त दिन निर्वाचन हुने र निर्वाचनको कार्यक्रम आजै प्रकाशन गर्न संघीय संसद्का सचिव गोपालनाथ योगीलाई निर्देशन दिएका छन् ।  उपसभामुख पद लामो समयदेखि रिक्त रहेको छ ।

सुझावित समाचार