गठबन्धन सरकार मृत भइसक्यो, यसले हैजा फैलाउँछ : ओली

सोमबार, २७ असार, २०७९
डिजिटल संस्करण
गठबन्धन सरकार मृत भइसक्यो, यसले हैजा फैलाउँछ : ओली

फाइल फाेटाे

एमाले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवा नेतृत्वको पाँचदलीय गठबन्धन सरकार मृत अवस्थामा पुगेको बताएका छन्। सोमबार सम्पादकहरूसँगको अन्तर्क्रियामा ओलीले निष्प्राण अवस्थामा पुगेको यस्तो सरकारलाई बोकेर हिँड्नु देश र जनताका लागि हानिकारक हुने बताए।

‘यही सरकार अहिलेको अवस्थामा बोकेर हिँड्नु उपयुक्त हुँदैन। हानिकारक छ भने झन् बोक्नुहुँदैन। यो निष्प्राण भैसक्यो, यसले हैजा फैलाउँछ। डेड भइसक्यो यो गठबन्धन,’ उनले भने, ‘सतीदेवीलाई भगवान शिवले काँधमा बोकेर हिँडदा त सतीदेवी बाँचिनन् भने यो गठबन्धन देशका लागि काम लाग्छ ?’

सुझावित समाचार